टोलबाटै योजना छनोट गरेर सम्बोधन गर्छु : उम्मेदवार बम

अत्तरिया– प्रदेश सभा सदस्यका उम्मेदवार प्रकाश बमले आफू निर्वाचित भएपछि टोलबाटै योजना छनोट गरेर सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । गोदावरी नगरपालिका वडा नम्बर २ मा बाम–लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको कार्यकर्ता भेटघाट एवं शुभकामना कार्यक्रममा बोल्दै बमले निर्वाचित भैसकेपछि जनताको घर–घरमा पटक–पटक आउने र आफ्नै सहभागितामा टोलबाटै योजना छनोट गरेर सम्बोधन गर्ने बताएका हुन् ।
कैलाली –४ अन्तर प्रदेश सभा (ख) का लागि बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बमले जनताको अपेक्षा, जन गुनासो सुन्न र सम्बोधन गर्न आफू प्रतिवद्ध रहेको बताउँदै मतदान गर्न आग्रह गरेका हुन् । संविधानको रक्षा, लोकतन्त्रको प्रत्याभूतिका लागि गठबन्धनका दलहरु एकजुट भएर देशै भर निर्वाचनमा होमिएको उदाहरण दिँदै उनले कैलाली ४ मा पनि आफूसहित बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई बहुमतले जिताउन आग्रह गरेका हुन् ।
बमले आफू निर्वाचन क्षेत्रमा मत माग्न मात्रै नआउने बताउँदै यस क्षेत्रको विकास गर्न, जनगुनासो सुन्न र सम्बोधन गर्नसमेत आउने प्रतिवद्धता व्यक्त गरे । ‘अहिलेसम्म यो क्षेत्रबाट धेरै व्यक्तिहरुलाई निर्वाचित गरेर पठाउनु भएको छ,’ उम्मेदवार बमले भने,‘तपाईहरुले निर्वाचित गरेर पठाएका व्यक्तिहरु राज्यको उच्च ओहदामा पुगेका छन् । तर, तपाईको घरआँगनमा कति पटक पुगेका छन् ? कति समस्या सम्बोधन गरेका छन् आफै मूल्याङ्कन गर्नु होला । तर, म निर्वाचित भैसकेपछि पटक पटक यहाँका आवश्यकता, समस्या पहिचान गर्न र सम्बोधन गर्न पटक–पटक आउने छु । मलाई मतदान गर्ने जनतासँग भेट्न, गुनासा सुन्न र साँझ बिहानको चिया पनि आफ्नै निर्वाचन क्षेत्र र यहाँका जनतासँग बसेर खाने छु ।’
गोदावरीका पूर्व मेयर हरिसिंह साउँदले नगरको विकास र जनअपेक्षा अनुसारको पनि काम गर्न नसकेको उनको भनाइ थियो । ‘हिजोका दिनमा यहाँका पूर्व मेयरले कति काम गर्न सके यहाँहरुले देख्नु नै भएको छ,’ उनले भने,‘यहाँ तोकिएको राजधानीसमेत अलपत्र छ । तसर्थ यहाँको समग्र विकास र राजधानीको काम समयमै अगाडि बढाउनसमेत गठबन्धनका उम्मेदवार जित्न जरुरी छ ।’ अहिलेका मेयर वीरेन्द्र भट्ट पनि गठबन्धनबाटै विजयी भएको बताउँदै उनले भने,‘गठबन्धनबाटै विजयी भएका मेयरले यहाँहरुको जीवनस्तर उकास्नुका साथै विकास निर्माणका काममा कहिल्यै विभेद गर्नेछैनन्, अघिल्ला जनप्रतिनिधिको जस्तो विकासमा विभेद यस क्षेत्रका आम नागरिकले पाउने छैनन् ।’
प्रतिनिधि सभाका लागि गठबन्धनकै वीरबहादुर बलायर उम्मेदवार रहेको बताउँदै उनले भने,‘यो क्षेत्रबाट प्रदेश सभाका लागि म पनि गठबन्धनबाटै उम्मेदवार बनेको छु । हामी सबै मिलेर यहाँको विकास र समृद्धिका लागि काम गर्ने छौं र काम गर्न सहज पनि हुनेछ ।’ उम्मेदवार बमले यस क्षेत्रमा बाढी, डुबान र नदी कटानको मुख्य समस्या रहेको बताउँदै उनले भने,‘बस्ती जोगाउन र कटान रोक्न तटबन्धन योजना प्रमुख प्राथमिकतामा राखिने छ ।’ कार्यक्रममा बाम–लोकतान्त्रिक गठबन्धनका नेता कार्यकर्ताका साथै स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार