नेपाली कांग्रेसले आज चुनावी घोषणा पत्र सार्वजनिक गर्दै

काठमाडौँ – नेपाली कांग्रेसले आज चुनावी घोषणा पत्र सार्वजनिक गर्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी आइतबार अपरान्ह ५ बजे घोषणा पत्र सार्वजनिक गरिने सहमहामन्त्री जीवन परियारले बताए। घोषणा पत्र सार्वजनिकीकरण कार्यक्रममा महामन्त्री गगन थापालगायत पदाधिकारी र चुनावी घोषणा पत्र निर्माण समितिका सदस्यहरू सहभागी हुनेछन्।

Seti Hospital

कांग्रेसले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा चुनावी घोषणा पत्र तयार पारेको थियो। घोषणा पत्र सार्वजनिक गर्दा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा पनि बालुवाटारबाट भर्चुअल रूपमा सहभागी हुने सहमहामन्त्री परियारले जानकारी दिए। घोषणा पत्रको मस्यौदा अर्थशास्त्रीसमेत रहेका राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्ले नेतृत्वको उपसमितिले तयार पारेको थियो। कांग्रेसले पूरा गर्न सकिने योजनाहरू घोषणा पत्रमा राखिने बताएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार