देश गम्भीर मोडमा छ : प्रधानमन्त्री देउवा

काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश गम्भीर मोडमा उभिएको बताएका छन् । आइतबार धनगढीमा ५ दलीय गठबन्धनमा आवद्ध दलहरूको सुदूरपश्चिम स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्र्दै उनले सो कुरा बताएका छन् ।

चुनावपछि देश कता जाने भन्ने गम्भीर मोडमा रहेको बताउँदै उनले नेपालको संविधान, गणतन्त्रको रक्षाको लागि गठबन्धनलाई जिताउन जरुरी रहेको बताए । २००७ सालदेखि लडाई लड्दै लाएको गणतन्त्र, संविधान बचाउनका लागि गठबन्धनलाई जिताउन जरुरी छ । जीतको सफलता सुदूरपश्चिमबाट मिल्ने अपेक्षा राख्ने उनले गठबन्धन दलका उम्मेदवारहरूलाई जिताउन समेत आह्वान गरेका हुन् ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार