गठबन्धनले आज धनगढी र सुर्खेतमा चुनावी कार्यक्रम गर्दै

काठमाडौं – सत्ता गठबन्धनले आज (आइतबार) कर्णाली र सुदूरपश्चिम प्रदेशमा चुनावी कार्यक्रम गर्ने भएकाे छ ।

आइतबार बिहान ११ बजेदेखि सुदूरपश्चिमको धनगढीमा र दिउँसो २ बजेदेखि कर्णालीको सुर्खेतमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम हुने भएकाे हाे । दुवै कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरु सहभागी हुँदैछन् ।

Dengue

गत शुक्रबारदेखि गठबन्धनले कार्यकर्ता प्रशिक्षणको नाममा चुनावी दौडाह सुरु गरेको हो । शुक्रबार पोखरा र बुटवलमा कार्यक्रम गरिएको थियो । शनिबार मधेश प्रदेश र प्रदेश-१ मा कार्यक्रम समेत गरिएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार