जरिवाना नतिरेका ३ सय ८५ जनालाई समानुपातिको बन्द सूचीबाट आयोगले हटाउँदै

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि समानुपातिक उम्मेदवारको बन्द सूचीबाट ३ सय ८५ जनाको नाम हटाउने तयारी गरेको छ ।

गत वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएर निर्वाचन खर्चको विवरण नबुझाउने र जरिवान पनि नतिर्ने ३ सय ८५ जना उम्मेदवारको नाम आयोगले हटाउने तयारी गरेको हो । दुवै सभाको बन्दसूचीमा नाम परेका मध्ये ४ सय ३९ जनाले समयमै निर्वाचन खर्च विवरण नबुझाएका कारण जरिवाना तिनुपर्ने सूचीमा परेका थिए । आयोगले उनीहरूलाई शनिबारसम्म जरिवाना बुझाउने समय तोकेको थियो । तर तोकिएको समयभित्र ५४ जनाले मात्रै जरिवाना बुझाएका छन् । बाँकीको नाम बन्द सूचीबाट हटाइने प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताउनुभयो । आयोगले स्थानीय तहको निर्वाचन खर्चको विवरण नबुझाउने १ लाख २३ हजार भन्दा बढी उम्मेदवारलाई डेढ लाखदेखि साढे ७ लाखसम्म जरिवाना गराउने निर्णय गरेको थियो । जरिवाना नतिर्ने व्यक्तिले ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउने आयोगको निर्णय छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार