समाजसेवी तथा पुर्व सांसद मैयादेबी श्रेष्ठको ९२ बर्षको उमेरमा निधन

चितवन- समाजसेवी तथा पुर्व सांसद मैयादेबी श्रेष्ठको निधन भएको छ । लामो समयदेखि बिरामी परेकी श्रेष्ठको गएराती चितवन मेडिकल कलेजमा निधन भएको हो । बि.स‌ं. १९८७ मा तनहुँको बन्दीपुरमा जन्मिएकी श्रेष्ठको ९२ बर्षमा निधन भएको हो ।

पछिल्लो समयमा श्रेष्ठलाई अरुचीलगाएत श्वास प्रश्वाससम्बन्धी समस्या भएको थियो । जीवनभर दान गरेर कहिल्य नथाक्ने श्रेष्ठले कति दान गरे भन्ने यकिन पनि छैन तर उनले हालसम्म अर्ब भन्दा बढीको दान गरिसकेको उनका छोरा टकनाथ पौडेलले बताए।

Dengue

उनको पार्थिव शरीरलाई अहिले आफ्नै निवासमा ल्याईएको छ । ९ बजे मैयादेवी कन्या कलेजमा श्रध्दान्जलीका लागि राखिने र १ बजे अन्त्येष्टी गर्ने नेपाली काग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार