कैलाली -४ का लागि म होइन, लेखराज टुरिष्ट हुन् : प्रदेश सभापति बलायर

कैलाली – नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति एवं कलैली – ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार वीर बहादुर बलायरले कैलाली ४ का लागि आफू टुरिष्ट नभै लेखराज टुरिष्ट भएको बताए । बाम लोकतान्त्रिक गठबन्धनले गौरीगंगा नगरपालिका – ११ शिवपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रममा बोल्दै उनले आफूलाई केही व्यक्तिहरूले टुरिष्ट नेताको आरोप लगाउँदै आएकोमा आपत्ति जनाए । ‘जुन क्षेत्रलाई मैले पटक – पटक राजनीतिक कर्म थलो बनाएको छु, जुन क्षेत्रबाट म पटक – पटक गिरफ्तार भएको छु,’ सभापति बलायरले भने,’ जुन क्षेत्रमा मेरा मातापिता पुर्खाको दाहसंस्कार गरेको छु र जुन क्षेत्रका जनताको लडाईको नेतृत्व र आवाज बनेको छु, जहाँ मेरा जीवनका महत्त्वपूर्ण समय खर्चेको छु, त्यो क्षेत्रका लागि म कसरी टुरिष्ट हुन सक्छु।,’ यो देशका जनता, सुदुरपश्चिमका जनताका लागि र लोकतान्त्रिक व्यवस्थाका लागि म लडेको छु । म देशभरका लागि टुरिष्ट होइन । एमाले र यहाँका जनताका लागि बरू लेखराज दाई टुरिष्ट हुन् । जो सीमित स्वार्थ र पदका लागि माओवादी छोडेर एमालेमा गए। उनी एमालेका लागि पनि टुरिष्ट भए हिजो माओवादीमा हुँदा मत दिने यहाँका मतदाता र अहिलेका मतदाताका लागि पनि टुरिष्ट हुन्,’ उनले थपे ।’

ओलीको देश विसर्जन गर्ने यात्राको एक मतियार लेखराज भट्ट पनि भएको उनको आरोप छ । भट्टले सारा जिन्दगी र परिश्रम एकातिर गरे पनि पद र पावरका लागि अर्का तिर लगेर ओलीको प्रतिगमनकारी भूमिकालाई सहयोग गरेको उनले बताए । कुनै एक व्यक्तिले विगतमा डोटीबाट कैलाली आएर, जिम्दार भएर कमैया राख्यो तर म कमैया मुक्तिको लडाइँ लड्न डोटीबाट आएको हुँ,’ सभापति बलायरले भने,’ मुक्त कमैयाकाे व्यवस्थापनका लागि आएको हुँ । भूमि हिन कमैयहरुको समस्या समाधानका लागि भूमि आयोग मार्फत काम गरिरहेका बेला निर्वाचन आयोगले आचार संगीतका नाममा लगाएको प्रतिबन्ध जायज छैन । नागरिकता प्राप्त नागरिकको भूमिमा अधिकार हुनु पर्छ । भूमिहिन जनताका समस्या विनाबारोध तत्काल समाधान हुनुपर्छ ।’ यसैक्रममा उनले आगामी निर्वाचनमा प्रतिगमन विरुद्धको आन्दोलन भएको जनाएका छन् । बलायरले मंसिर ४ मा हुने निर्वाचनलाई आन्दोलनको संज्ञा दिएका हुन्।

Dengue

देशलाई प्रतिगमनबाट जोगाएर सम्बृद्धि र लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न विगतदेखि प्रमुख राजनीतिक शक्तिहरू एक ठाउँमा उभिएको इतिहास छ,’ बलायारले भने,’ केपी ओलीले जनमतको फाइदा उठाएर दुई दुई पटक देश दुर्घटनामा लगे । लामो त्याग र बलिदानबाट प्राप्त संविधान जलाउने कुचेष्टा गरे । असंवैधानिक तबरबाट संसदीय व्यवस्थाको धज्जी उडाए । त्यसको उपज देश आर्थिक, सामाजिक र राजनीतिक रूपमा दुर्घटनामा पुग्यो यसलाई बचाउन गठबन्धनमा जानु पर्यो ।’ बाम लोकतान्त्रिक गठबन्धनले देश र संविधान जोगाउनका लागि आहुति दिन समेत तयार हुने प्रतिबद्धता गरेको उनले बताए । उनले मंसिर ४ मा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजय गराएर देश जोगाउने आन्दोलन सफल पार्न अपिल गरे ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार