नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ सवार गाडी दुर्घटना

काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ सवार गाडी दुर्घटनामा परेको छ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका ६ इम्सिलको कार्यक्रममा सहभागी भई फर्कने क्रममा आफूहरू चढेको गाडी दुर्घटनामा परेको गुरूङले बताए।

Galaxy

गल्याङ बटुवा भन्ने ठाउँमा गाडी सडकबाट नालीमा पुगेको हो। गुरूङका अनुसार गाडीमा सवार सबै सुरक्षित छन्। मंसिर ४ मा हुने चुनावका लागि धनराज स्याङ्जा क्षेत्र नम्बर २ मा उम्मेदवार छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार