दार्चुलामा भिरबाट लडेर एक जना युवकको मृत्यु

दार्चुला – दार्चुलामा भिरबाट लडेर एक जना युवकको ज्यान गएको छ । जिल्लाको लेकम गाउँपालिका वडा नम्बर ५ मैखोलीका एक युवाको भिरबाट लडेर ज्यान गएको हाे । ३१ वर्षीय जयदेब जोशीको अम्कुर र गराडी गाउँको बिचमा पर्ने लिसिनि भिरबाट खसेर मृत्यु भएको हो ।

शुक्रबार विहान डोका ल्याउन घरबाट हिडेका जोशी लडेर भिरमा अड्किएको अवस्थामा मृत फेला परेको आफन्तजनले बताएका छन् । कलिलै उमेरमा आमा गुमाएका जोशीको अल्पायुमै ज्यान गएपछि परिवार बिचल्लीमा परेको छ । बेरोजगारीका कारण भारतमा काम गरेर जीविकोपार्जन गर्दै आएका थिए जोशी । मृतक जोशीको परिवारमा बुबा, श्रीमती, एक छोरा र दुई छोरी रहेका छन् ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार