एमाले अध्यक्ष ओलीले भोलि आदिवासी जनजातिसँग प्रत्यक्ष संवाद गर्ने

काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार (भोलि) आदिवासी जनजातिसँग संवाद गर्ने भएका छन्। नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले ओलीसँग जनजाति समुदायको अन्तरक्रिया संयोजन गर्न लागेको महासचिव पेम्बा गुरुङ भोटेले जानकारी दिए। महासंघका सह-इन्चार्ज तथा नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष पासाङ शेर्पा, महासंघका अध्यक्ष गोकुल घर्ती मगर, महासचिव पेम्बासहितले ओलीलाई भेटेर कात्तिक ४ गते जनजातिसँग संवाद कार्यक्रमको निम्ता दिएका थिए।

एमाले अध्यक्ष ओलीले कात्तिक ४ गते नै सर्वसाधारणका सुझाव सुन्न टेलिफोन संवादको समय समेत छुट्टाएका छन्। सोही दिन देशभरका आदिवासी जनजाति समुदायका अगुवा तथा जातीय संगठनका प्रतिनिधिहरूको सुझाव सुन्ने भोटेले बताए। विभिन्न जिल्ला र जातीय घटक संगठनहरुलाई पनि ओलीसँग आदिवासी जनजातिका समस्याबारे छलफल गर्न काठमाडौं निम्त्याइएको महासंघले जनाएको छ। ओलीसँग संवादका लागि महासंघले शुक्रवार मध्यान्ह १२ बजे आदिवासी जनजाति समुदायलाई राष्ट्रियसभा गृहमा बोलाएको छ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार