एमाले अध्यक्ष ओली अस्वस्थ, चुनावी कार्यक्रम स्थगित

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । चुनाव प्रचार प्रसारका क्रममा गृहजिल्ला झापामा रहेका उनी अस्वस्थ भएपछि मंगलबार घरमै आराम गरेका छन् । झापाका एक एमाले नेताका अनुसार मंगलबार ओलीले गृह नगर दमकमै केही चुनावी कार्यक्रममा सहभागी हुने तय भएको थियो । तर ओलीलाई ज्वरो आएपछि ती कार्यक्रम स्थगित गरिएका छन् ।

ओली घरमै औषधी खाएर आराम गरिरहेका छन् । ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा ओली झापा–५ बाट उम्मेदवार छन् ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार