वि.सं. २०८७ सम्म गरिबी ५ प्रतिशतभन्दा तल झार्ने लक्ष्य

काठमाडौँ– प्रधानमन्त्री देउवाले वि.सं. २०८७ सम्ममा गरिबीको रेखामुनि रहेका जनसङ्ख्या ५ प्रतिशतभन्दा तल झार्ने लक्ष्य रहेको पनि बताउनुभएको छ ।

३० औँ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको अवसरमा आज शुभकामना मन्तव्य दिनुहुँदै प्रधानमन्त्री देउवाले सरकारले गरिबी निवारणसम्बन्धी विभिन्न कार्यक्रम कार्यान्वयन गरिरहेको बताउनु भएको छ । सरकारले गरिबी निवारणका लागि सहकारी क्षेत्रलाई एउटा प्रमुख माध्यम बनाई यसलाई उद्यमशीलता, उत्पादन र रोजगारीसँग आबद्ध गर्ने नीति लिएको उहाँले उल्लेख गर्नुभएको छ ।

Dengue

विपन्न परिवारको संरक्षण गरी गरिबीको रेखाबाट बाहिर ल्याउने नीतिलाई सघनता साथ अघि बढाएको प्रधानमन्त्रीले संदेशमा उल्लेख गर्नु भएको छ ।गरिबी निवारणका लागि सरकारले मुक्त कमैया, हरुवा चरुवाको लागि विशेष कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ । हरेक वर्ष अक्टोबर १७ मा यो दिवस मनाउने गरिन्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार