काँग्रेसले बनाएको चुनाव परिचालन समितिको सदस्यमा शाही मनोनित

काठमाडौँ – नेपाली काँग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ का लागि केन्द्रीय परिचालन समिति गठन गरेको छ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ मा हुने चुनावका लागि केन्द्रीय परिचालन समिति गठन गरेका हुन् । समितिको सदस्यमा जुम्लाबाट संसदमा प्रतिनिधित्व गरेकी रंगमती शाही चयन भएकी छिन् । शाही संसदमा प्रखर बक्ताको रुपमा चिनिएकी थिइन् । शाहीलाई ‘स्कुटरवाली’सांसद भनेर समेत चिन्ने गरिएको छ । संसदमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा धुवा धुलो नभएको र मास्क समेत नलगाएर शहर भरि घुम्न सकिने बताएका थिए । त्यस लगत्तै सांसद शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो स्कुटरको पछाडी बस्न चेतावनी दिएकी थिइन् । काठमाडौँमा अत्यधिक धुलो धुवाले सास्ती भएको भन्दै शाहीले ओलीलाई यस्तो चेतावनी दिएकी थिइन् ।

समितिको संयोजकमा पूर्वउपसभापति गोपालमान श्रेष्ठ चयन भएका छन् ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार