सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त भेला गर्ने, कुन प्रदेशमा कहिले ? यस्तो छ कार्यतालिका !

काठमाडौँ – सत्तारूढ गठबन्धनले सातै प्रदेशमा संयुक्त भेला गर्ने भएको छ। बिहीबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले सातै प्रदेशमा प्रदेशस्तरीय संयुक्त भेला गर्ने निर्णय गरेको थियो।

सो निर्णयअनुसार कात्तिक ४ देखि ७ गतेसम्म विभिन्न सहरमा भेलाहरू हुने भएका छन्। कात्तिक ४ गते पोखरा र बुटवलमा गण्डकी र लुम्बिनी प्रदेशका भेला हुने छन् भने ५ गते विराटनगर र जनकपुरमा प्रदेश १ र मधेस प्रदेशका भेला हुनेछन्।

Dengue

६ गते सुर्खेतमा कर्णाली प्रदेश र धनगढीमा सुदूरपश्चिम प्रदेशका भेला हुनेछन्। ७ गते काठमाडौंमा बागमती प्रदेशको भेला हुनेछ। ती भेलाको समन्वय गर्ने जिम्मा पनि सत्ता गठबन्धन दलले बाँडफाँट गरेका छन्। गण्डकी भेलाको समन्वय नेकपा (एकीकृत समाजवादी)ले गर्नेछ भने लुम्बिनी, प्रदेश-१, मधेस र कर्णालीको समन्वय कांग्रेस र सुदूरपश्चिम र बागमतीको माओवादी केन्द्रले गर्नेछन्। यी भेलाहरूमा गठबन्धन दलका शीर्ष नेताहरू सहभागी हुनेछन्।

 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार