गोरखाको चुनावी कार्यक्रममा प्रचण्ड रोएपछि …

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखामा भएको चुनावी कार्यक्रममा भक्कानिएका छन्।

शुक्रबार गोरखामा आयोजित निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रममा गोरखा-२ बाट आफूले उम्मेदवारी दिनुको कारणबारे प्रस्ट्याउने क्रममा उनी भावुक बनेर भक्कानिएका हुन्।

Galaxy

कम्युनिष्ट आन्दोलनमा विचलन आउँदै गर्दा चीनमा माओ त्सेतुङ चिनकासाङ फर्किएको भन्दै उनले माओवादी आन्दोलनमा विचलन आएपछि आफू पनि सुधारको उर्जा बोक्न गोरखा आएको बताए। ‘माओ त्सेतुङ आन्दोलनका निम्ति उर्जा बटुल्न चिनकासाङ फर्किनुभएको थियो। म पार्टीको पहिलो हेडक्वाटर रहेको गोरखा फर्किएँ,’ उनले भने। त्यो क्रममा उनी केहीबेर भक्कानिएका थिए। गोरखाबाट नयाँ आन्दोलनका निम्ति उर्जा बोकेर फर्किने प्रचण्डको भनाइ छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार