‘गठबन्धन र पार्टीभित्र अन्तरघात नभए राम्रो परिणाम आउँछ’ : प्रधानमन्त्री देउवा

काठमाडौँ — नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न निर्वाचनमा सत्ता गठबन्धनलाई सफल बनाउन आग्रह गरेका छन् । केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबार बसेको बैठकमा सभापति देउवाले गठबन्धनको पक्षमा जनलहर सिर्जना हुने गरी माहोल बनाउन र पार्टी पंक्तिलाई परिचालन गर्न निर्देशन दिए ।

उनले गठबन्धनका कारण कांग्रेसभित्रै अन्तरघात नभए कांग्रेसले पनि राम्रो चुनावी परिणाम हासिल गर्ने बताए । ‘गठबन्धन र पार्टीभित्र अन्तरघात नभए राम्रो परिणाम आउँछ भन्ने लागेको छ ।’ देउवाको भनाई उदृत गर्दै काँग्रेसका एक नेताले भने ।

Dengue

पार्टीभित्र गठबन्धनको पक्षमा माहोल बनाउन प्रधानमन्त्री देउवाले विगतमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेको, र चुनावको मिति घोषणा गर्दा आफूले निर्वाचनकै जानुपर्ने धारणा राखेको समेत स्मरण गरे । आफु पनिल्यै निर्वाचनको पक्षमा भएको पनि देउवाले स्मरण गरे । बाध्यताले बनेको गठबन्धनलाई सबैले मिलेर सफल बनाउन समेत देउवाले आह्वान गरे ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार