इन्जिनियर सुशान्तले पाए “घण्टाघर” चुनाव चिन्ह, काठमाडौं क्षेत्र नं ५ बाट प्रतिस्पर्धा गर्दै

काठमाडाैं – प्रतिनिधि सभा सदस्यका लागि काठमाडौं क्षेत्र नं ५ बाट स्वतन्त्र उमेदवारी दिएका इन्जिनियर सुशान्त श्रेष्ठलाई घण्टाघर चुनाव चिन्ह प्राप्त भएको छ । बुधबार निर्वाचन आयोगले उम्मेदवार श्रेष्ठलाई घण्टाघर चुनाव चिन्ह प्रदान गरेको हो ।

प्राविधिक क्षेत्रका अनुभव प्राप्त गरेको दक्ष उम्मेदवार श्रेष्ठ स्वतन्त्रतर्फबाट जनतामाझ चुनाव प्रचारप्रसारका लागि खटिएका छन् । उम्मेदवारको छनोट गरि योग्य र दक्ष तथा युवा उम्मेदवारलाई अघि सार्न मतदाताहरुलाई उहाँले अपिल गर्नुभएको छ । पुराना नेताहरुलाई विश्राम दिन राष्ट्रलाई युवाहरुको हातमा ल्याउन र नयाँ गतिमा देशलाई अघि बढाउन युवाको भूमिका आवश्यक रहेको महसुश गर्दै ईन्जिनियर श्रेष्ठले उम्मेदवारी दिएका हुन् ।

Dengue

घरदैलो अभियानमा खटिएर जनतालाई प्रष्ट पारेर भोट माग्ने र जनतालाई सोहि बमोजिम बुझेर भोट दिन समेत उहाँले अपिल गर्नुभएको छ । आफुलाई अत्यधिक मतले विजयी गराई काठमाडौँ क्षेत्र नं. ५ को नेतृत्व तहमा पुगाउन उहाँले आम मतदाताहरुलाई अपिल गर्नुभएको छ ।

बुधबार निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरेको हो । निर्वाचन आउन ३८ दिन बाँकी रहँदा आयोगले चुनाव चिह्न वितरण गरेको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार