जसपाका ४ मन्त्री हटाउने तयारीमा प्रधानमन्त्री देउवा

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका मन्त्रीहरूलाई हटाउने तयारी गरेका छन् । तर, निर्वाचन आचारसंहिता लागू भइसकेकाले देउवा निर्वाचन आयोग र आफूनिकटका कानुन व्यवसायीसँग परामर्शमा छन् ।

जसपाले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्ता गठबन्धन छाडेर एमालेसँग तालमेल गरेर उम्मेदवारी दिएसँगै उसका मन्त्रीहरूलाई हटाउन लागेको प्रधानमन्त्रीनिकट स्रोतले बताएको छ । गठबन्धनको बैठकमा अदालत र आयोगमा परामर्श गरेर निर्णय लिने देउवाले जानकारी दिएका थिए । आयोगसँगको परामर्शपछि देउवाले जसपाका मन्त्रीलाई हटाउने तयारीमा पुगेका हुन् ।

Dengue

जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव मन्त्रिपरिषद्मा छन् । पाँच वर्षअघिको निर्वाचनका बेला कांग्रेस र माओवादीको सरकार थियो । माओवादीले एमालेसँग गठबन्धन गरेपछि प्रधानमन्त्री देउवाले जिम्मेवारी खोसेर बिनाविभागीय बनाएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार