कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारी खारेजीको माग गर्दै आयोगमा उजुरी

काठमाडौँ – डडेल्धुराबाट उम्मेदवारी दिएका कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा विरूद्ध उजुरी परेको छ। देउवाविरूद्ध नागरिकता र मतदाता नामावलीमा जन्म मिति फरक रहेको भन्दै उजुरी परेको हो।

उनीविरूद्ध गन्यापधुराका कर्णबहादुर मल्लले सोमबार डडेल्धुरा निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन्। ‘नेपाली नागरिकताको प्रतिलिपि र मतदाता नामावलीमा फरक जन्ममिति रहेको, शेरबहादुर देउवा उम्मेदवार हुन अयोग्य भएकोले निजको मनोनयन खारेज गरी पाउन यो उजुरी दिएको छु,’ उजुरीमा उल्लेख छ। डडेल्धुराका प्रमुख निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले उजुरीमाथि आवश्यक छानबिन तथा आगामी प्रक्रिया थालिने बताए।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार