दाङ क्षेत्र नं. १ मा शान्ताले थालिन् घर दैलो अभियान, चुनाव जितेमा समस्या सामाधान गर्ने दाबी

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी एमालेकी नेतृ शान्ता चौधरीले घरदैलो अभियान सुरु गरेकी छिन् ।
सोमबारदेखि चौधरीले निर्वाचन लक्षित घरदैलो अभियान थालेकी हुन् । वर्षाले मौसम प्रतिकुल भएपनि चौधरीले घरदैलो अभियानलाई तिव्रता दिएकी छिन् । ‘घरमा पानी चुहिएको देख्दा आफ्नै विगत झल्किएको छ’ घरदैलोका क्रममा चौरीले भनिन्, ‘यहि समस्या सामाधन गर्न यहि वस्तीबाट एमालेले मलाई उम्मेदवार बनाएर पठाएको हो ।’ आफुले जितेमा गाउँमा भएका तमाम समस्या सामाधान गर्ने चौधरीको दाबी छ । चौधरी एमालेको सचेतक समेत रहिसकेकी नेतृ हुन् ।

चौधरीले दाङ क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका लागि आइतबार उम्मेदवारी मनोनयन गरेकी छिन् । २०७४ सालमा समानुपातिक प्रणालीबाट संसद छिरेकी उनी यस पटक भने प्रत्यक्ष चिर्वाचनमा होमिएकी छिन् । उनी विरुद्ध उनकै सहयात्री गंगा चौधरीले बागी उम्मेदवारी दिएकी छिन् भने नेकपा एसका मेटमणी चौधरी उनीसँग प्रतिस्पर्धामा छन् । मेटमणी र शान्ता केही समय अगाडी सम्म एमालेमै रहेर काम गेरेका नेता हुन् ।

 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार