बैतडीबाट नेकपा एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य भट्टले दिए स्वतन्त्र उम्मेदवारी

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका केन्द्रीय पोलिटव्युरो सदस्य परमानन्द भट्टले प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिएका छन् । बैतडी जिल्लामा गठबन्धन दलबाट कुनैपनि क्षेत्र पार्टीको भागमा नपर्दा भट्टले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

नेकपा एकीकृत समाजवादीले बैतडीमा प्रतिनिधिसभा र प्रदेश सभामा कुनै एक सिटको दाबी गरेका थियो । बैतडीमा प्रतिनिधिसभाको एक र प्रदेशसभाको दुई सिट छन । गठबन्धनमा भागवण्डा मिलाउदा प्रतिनिधिसभा माओवादी केन्द्र र प्रदेशसभा नेपाली कांग्रेसको भागमा परेको छ । तिनवटै स्थानमा पार्टीले नपाउँदा बाध्य भएर स्वतन्त्र उम्मेदवारी दिनु परेको नेता भट्टको भनाई छ ।

Dengue

नेता भट्ट बैतडी जिल्लाका सरल र समन्वयकारी भुमिका भएको आम बुझाई छ। उनी बैतडी जिल्ला कम्युनिष्ट पार्टीका संस्थापक नेता हुन,२०५३ मा भएको तत्कालिन प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ को उपनिर्वाचनमा करिव ३ सय मतले नेपाली कांग्रेससँग पराजित भएका हुन ।

नेकपा एकीकृत समाजवादीले प्रदेश निर्वाचन क्षेत्र १ मा नरेन्द्र बिष्टलाई उम्मेद्वार बनाएको छ ।

 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार