जसपाबाट उम्मेदवारी मनोनयन गराउन हिँडेका उम्मेदवार नै कांग्रेस प्रवेश गरेपछि…

काठमाडौँ – कपिलवस्तुमा जनता समाजवादी पार्टीबाट उम्मेदवारी दिन हिँडेका उम्मेदवार नै नेपाली कांग्रेस प्रवेश गरेका छन्।

मनोनयन दर्ता गराउन दलबलसहित निर्वाचन अधिकृतको कार्यालय हिँडेका उम्मेदवार नै कांग्रेस प्रवेश गरेपछि एमाले-जसपामा अन्यौल भएको छ। नेकपा एमाले र जनता समाजवादी पार्टी जसपाका नेताहरूले पूर्व सहमति अनुसारको उम्मेदवारको मनोनयन गर्न दलबलसहित हिँडेका सहसराम यादव बाटैबाट कांग्रेस पसेर उम्मेदवार बनेपछि जसपाले उक्त क्षेत्रमा उम्मेदवारी नै दिन पाएन।

Seti Hospital

केन्द्र स्तरमा दुई पार्टीबीच भएको सहमति अनुसार तीन प्रतिनिधिसभा र ४ प्रदेशसभा एमालेलाई र दुई प्रदेश सभा जसपाले पाएका थिए। सोही अनुसार आइतबार बिहान दुवै दल मिलेरै मनोनयन दर्ता गर्ने तयारीमा थिए। एकाएक जसपाबाट प्रदेश सभाका उम्मेदवार बनेका लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री समेत रहेका सहसराम यादव कांग्रेस प्रवेश गरेर उम्मेदवार बनेपछि यहाँको राजनीतिक समीकरण फेरिएको छ।

दिउँसो १२ बजेसम्म एमाले-जसपा गठबन्धनबाट उम्मेदवारी दर्ता गराउने गरी छाता चुनाव चिह्नसहितको दलबलसहित उम्मेदवारी दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालय गजेहडा आएका यादव एकाएक मोडिएर कांग्रेसका उम्मेदवार बन्न पुगे। यादव कांग्रेसबाट उम्मेदवार बनेपछि गठबन्धनको एक घटक एकीकृत समाजवादीले आपत्ति जनाएको छ। सत्ता गठबन्धनको निर्णय अनुसार यस क्षेत्रमा आफूले पाउनुपर्ने दाबी गर्दै आएको समाजवादीले फैजल खानलाई उम्मेदवार बनाएको छ। जसपा उम्मेदवार यादव कांग्रेसको उम्मेदवार बनेपछि एमालेले गठबन्धन तोड्दै जसपाले पाएको निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ। प्रतिनिधिसभा १ को ‘ख’ मा एमालेले मधुसूदन चौधरीलाई उम्मेदवार बनाएको छ। उनी केही दिनअघि उम्मेदवार पाउने सर्तमा लोसपाबाट एमाले प्रवेश गरेका थिए। यसैगरी जसपाले क्षेत्र नं २ को प्रदेश सभा ‘ख’ बाट अब्दुल रसिदलाई उम्मेदवार बनाएको छ। यो क्षेत्र एमालेले पाएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार