अब आफैँ ड्राइभिङ सिटमा बसेर देश हाँक्ने हाे : गगन थापा

काठमाडौँ  – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आउँदाे चुनावपछि आफैँ ड्राइभिङ सिटमा बसेर देश हाँक्ने बताएका छन् ।

आज आइतवार काठमाण्डाै क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएलगत्तै महामन्त्री थापाले सञ्चारकर्मीमाझ यस्तो भनाइ राखेका हुन्। त्यसका लागि आफूसँग आवश्यक अनुभव, सपना र जोश सबै रहेको उनकाे भनाइ थियो । महामन्त्री थापाले अबको चुनापछि पार्टीको मूल जिम्मेवारी लिन प्रयास गर्ने पनि बताए । आफूले प्राप्त गरेको अनुभवको आधारमा सरकारको जिम्मेवारी सम्हाल्न आफू क्रियाशील हुने उनले बताए ।

Dengue

महामन्त्री थापाले काठमाण्डाै क्षेत्र नम्बर ४ ले आफूलाई सम्मान र पहिचान दुवै दिएकाले पनि त्यही क्षेत्रबाट चुनावमा उठ्न लागेको जिकिर गरे । उनले भने, ‘देशलाई यहाँसम्म ल्याउन रानीतिक दलका नेताहरूले अहिलेसम्म गरेका कामका लागि धन्यवाद दिँदै, आभार प्रकट गर्दै अब ड्राइभिङ सिटमा आफैँ बसेर पाँच वर्षको निम्ति देश हाँक्ने हाे । आफैँ ड्राइभिङ सिटमा बस्ने प्रयत्न गर्ने हो । आफ्नो कर्म गर्ने हो, त्यसले फल कस्तो दिन्छ ? त्यो समयले बताउला । यहाँबाट निर्वाचित भएर गएपछि मैले सांसदको रूपमा गर्ने अरू जिम्मेवारी छँदैछ । मैले यो पटक सरकारको जिम्मेवारी सम्हाल्ने गरी काम गर्ने प्रयत्न गर्छु । त्यसका निम्ति चाहिने सपना मसँग छ । जोश मसँग छ । चाहिएको अनुभव पनि मैले प्राप्त गरेको छु । यसको आधारमा मैले काम गर्ने प्रयास गर्छु ।’

महामन्त्री थापाले सांसदको रूपमा आफू त्यस क्षेत्रको विकासमा सधैँ लागिपरेको दाबीसमेत गरे ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार