एमालेका अध्यक्ष ओलीद्वारा झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गर्नुभएको छ । अध्यक्ष ओलीले प्रदेश उम्मेदवारहरु झापा ५ (क) बाट हिक्मत कार्की र ५ (ख)का होमबहादुर थापासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराउनुभएको हो ।

उम्मेदवारी दर्ताका लागि अध्यक्ष ओली शनिबार नै दमक जानुभएको थियो । अध्यक्ष ओली २०४८ पछि २०६४ बाहेक सबै निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित हुँदै आउनुभएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार