काठमाडौं– २ मा पूर्वसभामुख ओनसरी घर्ती उम्मेदवार

काठमाडौँ – माओवादी केन्द्रले काठमाडौं– २ मा पूर्वसभामुख ओनसरी घर्तीलाई उम्मेदवार बनाउने भएको छ । यसअघि उक्त क्षेत्रमा २०६४ को चुनावमा माओवादीका झक्कुप्रसाद सुवेदीले जितेका थिए ।

रोल्पाकी घर्तीलाई माओवादीले काठमाडौंबाट उठाउने निर्णय गरेको हो । रुपन्देही–१ मा घनश्याम भूसालालाई छोड्ने भएपछि घर्तीलाई काठमाडौंबाट उठाइने भएको हो । माओवादी अध्यक्ष दाहालले शनिबार भूसालालाई समर्थन गर्ने भएपछि पूर्व सभामुख घर्तीलाई काठमाडौं–२ मा आउन आग्रह गरेका थिए । काठमाडौं–२ मा धेरै इच्छा नगरेपछि आइतबार बिहान पनि दाहालले घर्तीलाई आग्रह गरेपछि उनी काठमाडौंका लागि तयार भएकी हुन् ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार