काठमाडौं ९ बाट डा. ज्ञान बस्नेतको उम्मेदवारी दर्ता, २५ हजार मतका साथ विजयी हुने दाबी

काठमाडाैं – प्रतिनिधि सभा सदस्यका लागि काठमाडौँ क्षेत्र नं. ९ बाट स्वतन्त्र उम्मेदवार डा. ज्ञान बस्नेतको उम्मेदवारी दर्ता भएको छ । काठमाडौँ क्षेत्र नं. ९ को मुख्य निर्वाचनको कार्यालय, स्वीचाटारमा उहाँले आइतबार विहान पहिलो उम्मेदवारी दर्ता गराएका छन् । आफ्ना समर्थक, सञ्चारकर्मी, आफन्तको साथमा उहाँले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता पश्चात उपहार खबरसँगको संक्षिप्त कुराकानीमा उहाँले आफ्नो जीत सुनिश्चित रहेको र काठमाडौँ क्षेत्र नं. ९ मा योग्य, दक्ष र बुद्धिजीवि उम्मेदवार अरु कोहि नभएको बताएका छन् । उहाँ उम्मेदवारी सहजतापूर्वक दर्ता गर्न पाउँदा उत्साहित रहेको र आफु २५ हजार मतका साथ विजयी हुनेमा समेत दाबी गर्नुभयो ।
बेलायतबाट कानुनमा विद्यावारिधी गर्नुभएको डा. ज्ञान बस्नेत चन्द्रागिरी–१५ का स्थानीय पनि हुन ।

प्राध्यापक समेत रहेका डा. बस्नेत राष्ट्रलाई हित हुने ११ बुदे चुनावी एजेण्डा सहित चुनावी मैदानमा होमिएका छन् । जनताको घरदैलोमा गएर जनतालाई स्पष्ट पारेर भोट माग्ने र बुझेर, सम्झेर र अध्ययन गरेर भोट हाल्न समेत अपिल गर्नुभएको छ । तपाईको एक मतले पाँच बर्षका लागि देशको निति, नियम तथा कानुन बनाउने व्यक्ति चयन हुने भएकाले सोचेर भोट हाल्न समेत उहाँले अनुरोध गर्नुभएको छ ।

Dengue

निर्वाचन आयोगको कार्यतालिका अनुसार स्वतन्त्र उम्मेदवारले यहि असोज २६ गते चुनाव चिन्ह प्राप्त गर्ने भएकाले चुनाव चिन्ह सहित पुनः जनतामाझ जाने समेत उहाँले बताउनुभयो । राजनीति अब पेशा हैन, सेवामा बदल्नुपर्छ, राजनीति अब जनताको लागि, सामाजिक न्यायको लागि, आउदो पुस्ताको लागि र हाम्रै पालामा परिवर्तन गर्नुपर्ने भएकाले आफुलाई अमूल्य भोट दिएर विजयी गराउन काठमाडौँ क्षेत्र नंं ९ का स्थानीयहरुलाई आग्रह गर्नुभएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार