मिनेन्द्र ‘आउट’ सुजाताको ‘इन्ट्री’

विराटनगर – नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको टिकट पाएकी छन् ।

सो क्षेत्रमा डाक्टर मिनेन्द्र रिजाल र कोइराला टिकटको दाबेदार थिए । कांग्रेस क्षेत्रीय समितिले सो क्षेत्रबाट कोइराला र रिजालको नाम सिफारिस गरेको थियो । दुबैले दाबी नछाडेपछि उम्मेदवार टुंगो लगाउन कांग्रेसलाई सकस परेको थियो ।

Dengue

शनिबार राति पार्टीले कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । नेपाली कांग्रेस मोरङ सचिव मोदराज घिमिरेले कोइरालाले प्रतिनिधिसभा सदस्यको टिकट पाइसकेको बताए । २०७४ सालमा डाक्टर रिजालले एमाले उम्मेदवार ऋषिकेष पोखरेललाई पराजित गरेका थिए । मंसिर ४ गते हुने निर्वाचनमा पनि एमालेले पोखरेललाई नै उम्मेदवार बनाएको छ ।

मोरङ क्षेत्र नम्बर ३ मा कांग्रेसले डाक्टर सुनील शर्मालाई टिकट दिएको छ । शर्मा क्षेत्रबाट एकल सिफारिसमा परेका थिए । गठबन्धन गर्दा भागमा परेको मोरङ क्षेत्र नम्बर १ बाट डिकबहादुर लिम्बु, २ मा सुजाता कोइराला, ३ मा डाक्टर सुनील शर्मा र क्षेत्र नम्बर ६ बाट डाक्टर शेखर कोइरालाले टिकट पाएका छन् । मोरङको क्षेत्र नम्बर ४ मा माओवादी केन्द्रले अमनलाल मोदी र ५ मा शिवकुमार मण्डललाई टिकट दिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार