काठमाडौं क्षेत्र नम्बर ७ मा सत्तारूढ गठबन्धन तर्फबाट माओवादी केन्द्रकी मानुषी यमी भट्टराई उम्मेदवार

काठमाडौँ – प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ७ मा सत्तारूढ गठबन्धन तर्फबाट माओवादी केन्द्रकी मानुषी यमी भट्टराई उठ्ने भएकी छन्।

सत्तारूढ गठबन्धनबीच सिट भागबन्डा हुँदा काठमाडौं- ७ माओवादीको भागमा परेको थियो। २०६४ को संविधानसभा निर्वाचनमा यही क्षेत्रबाट उनकी आमा हिसिला यमी विजयी भएकी थिइन् भने २०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनी हारेकी थिइन्। काठमाडौं- ७ मा यसपटक नेकपा एमालेले रामवीर मानन्धरलाई टिकट दिएको छैन। यहाँ एमालेले जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठलाई सघाउनेबारे छलफल चलिरहेको एक एमाले नेताले जानकारी दिए।

Dengue

त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गर्दा स्वर्ण पदक जितेकी मानुषी हाल विद्यावारिधि गर्दै छिन्। उनी बाबुराम भट्टराईकी छोरी हुन्। समाजवादी पार्टीका अध्यक्ष भट्टराईले यसपालि निर्वाचन नउठ्ने घोषणा गरेका छन्। उनको निर्वाचन क्षेत्र गोरखा- २ मा यसपालि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उठ्दै छन्।

भट्टराईले आफूले चुनाव लड्दै आएको निर्वाचन क्षेत्र गोरखा- २ मा प्रचण्डलाई सार्वजनिक रूपले स्वागत गरिसकेका छन्। शनिबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत उनले दाहालको जितका लागि शुभकामना व्यक्त व्यक्त गरेका हुन्। ‘मैले प्रतिनिधित्व गर्दै आएको गोरखा-२ बाट यसपटक क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रत्यासी बन्ने निर्णयको म अन्तरहृदयदेखि स्वागत गर्दछु। वर्तमान नेपाल राज्यको उद्गमथलो लिगलिगकोटसमेत रहेको यस क्षेत्रबाट उहाँको उम्मेदवारी निकै ठूलो सांकेतिक महत्वको छ। उहाँको शानदार विजयको हार्दिक शुभकामना!’ भट्टराईले लेखेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार