राप्रपा नेपालका अध्यक्ष कमल थापालाई नेकपा एमालेले समर्थन गर्ने

हेटौंडा – राप्रपा नेपालका अध्यक्ष कमल थापालाई नेकपा एमालेले समर्थन गर्ने भएको छ । शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली झापा जानुअघि थापासँग भेट गरेका थिए ।

राप्रपा महामन्त्री राजाराम बर्तौलाका अनुसार भेटमा मकवानपुर-१ को प्रतिनिधसभा सदस्यमा एमालेले कमल थापालाई समर्थन गर्ने सहमति भएको छ । एमालेले यो क्षेत्रबाट जिल्ला इन्चार्जसमेत रहेका केन्द्रीय सदस्य रामेश्वर रानालाई उम्मेदवार तोकेको थियो । एमालेले थापालाई सूर्य चिह्नबाटै चुनाव लड्न प्रस्ताव गरेको छ । तर राप्रपा नेपालकै चुनाव चिह्न तीर लिएर चुनाव लड्ने विषयमा छलफल भइरहेको महामन्त्री बर्तौलाले बताए ।

Dengue

नेकपा एमालेको बागमती प्रदेश इन्चार्ज काशीनाथ अधिकारीले थापा सूर्य चिह्न लिएर चुनाव लड्ने निश्चित भएको अनलाइनखबरसँग बताए । एमाले मकवानपुरले थापाको जनमत नभएको भन्दै उनलाई उम्मेदवार बनाउन नहुने भन्दै यसअघि पार्टी अध्यक्ष ओलीकहाँ डेलिगेसन नै गएको थियाे ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार