आइतबार ५ बजेभित्रै मनोनयन दर्ता गराउन आयोगको निर्देशन

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको दिन, मंसिर ४ मा सार्वजनिक सवारीसधान आवतजावतमा अवरोध नगर्ने बताएको छ।

आयोगले गृह मन्त्रालय, यातायात व्यवस्था विभागसँग समन्वय गरेर व्यवस्थित रूपमा सार्वजनिक सवारी साधन सञ्चालन गर्न अनुमति दिने बताएको हो। शनिबार पत्रकार सम्मेलन गर्दै प्रमुख आयुक्त दिनेशप्रसाद थपलियाले भने, ‘निर्वाचन हो कि नेपाल बन्द हो भन्ने परिस्थिति अब हुँदैन। भद्रगोल रूपमा होइन, व्यवस्थित रूपमा त्यस दिन सार्वजनिक सवारी साधन सञ्चालन हुनेछ।’

Dengue

आयोगले मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। मनोनयन दर्ताको समय समेत नसर्ने भन्दै ५ बजेभित्र दर्ता गराइसक्न राजनीतिक दलहरूलाई आयोगले आग्रह गरेको छ।

‘१० बजेदेखि पाँच बजेसम्म समय तोकिएको छ। समयभन्दा उता आयोगले मनोनयन लिने छैन। राजनीतिक दलहरूलाई पर्ने अप्ठ्यारामा सहजीकरणका निम्ति आयोग तयार छ। तर मनोनयनको समय र दिन भने सर्दैन,’ प्रमुख आयुक्त थपलियाले भने।

निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाइएको उनले बताए। निर्वाचन विथोल्ने प्रयासलाई निस्तेज पार्नका निम्ति सुरक्षा संवेदनशीलताका आधारमा मतदान केन्द्रको वर्गीकरण गरिएको उनको भनाइ छ।

मतदातालाई धम्क्याउने वा प्रभावित पार्ने जो कोहीलाई पनि आयोगले कानुन बमोजिम कारबाही गर्ने उनले बताए। निर्वाचन आचारसंहिताको पालना गरेर मनोनयन दर्ता गराउन आयोगले दलहरूलाई भनेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार