नेपाल आयल निगम मासिक डेढ अर्ब रुपैयाँ नाफामा, तत्काल भाउ नघटाउने

काठमाडौँ  – नेपाल आयल निगम नाफामा गएको छ । अघिल्लो महिना केही नाफामा गएको निगमले यो महिना १ अर्ब ६० करोड रुपैयाँ नाफा कमाउने निगमका एक अधिकारीले जानकारी दिएका छन्।

कोरोना महामारी, रुस–युक्रेन युद्ध लगायतका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढ्दा नेपालमा पनि भाउ बढेको थियो । भाउ बढे पनि कम मूल्यमा बेच्नुपरेको भन्दै निगमले निरन्तर घाटाको हिसाबकिताब देखाइरहेको थियो । तर अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारल ८७ अमेरिकी डलरमा झरेपछि निगमको मासिक नाफा १ अर्ब ६० करोड रुपैयाँ पुग्ने भएको हो । इन्डियन आयल कर्पोरेसनले अक्टोबरमा पठाएको मूल्यमा निगमलाई पेट्रोल लिटरमा ६ रुपैयाँ ४५ पैसा र डिजल लिटरमा १२ रुपैयाँ नाफा हुनेछ । निगमले यही मूल्यमा इन्धन बेच्दा १५ दिनमै ८० करोड रुपैयाँ नाफा कमाउनेछ । तर डेढ वर्षमा निगमले ५५ अर्ब रुपैयाँ गुमेको दाबी गर्दै आएको छ।

Dengue

सञ्चित कोषको पैसा पनि सकिएको र ४० अर्ब रुपैयाँ ऋणमा रहेकाले तत्कालै भाउ घटाउन नसकिने निगमको तर्क रहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार