घनश्याम भुसालले गरे एमाले पार्टी परित्याग, रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारीको तयारी

काठमाडौं – घनश्याम भुसालले नेकपा एमाले पार्टी परित्याग गरेका छन् । एमालेका स्थायी कमिटी सदस्य समेत रहेका भुसालले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । एमालेको तर्फबाट रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको टिकट नपाएपछि रुष्ट रहेका नेता भुषालले एमालेमा नरहने घोषणा गरेका हुन् ।

उनले भनेका छन् “एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै रहेर आन्दोलन र आफैप्रति पनि इमानदार रहन नसकिने भएपछि पार्टीमा नरहने निष्कर्षमा पुगेको हुँ”

Dengue

उनले शनिबार जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘नेकपा एमालेको गौरवलाई कुनै दिन पुनर्स्थापित गर्न सकिन्छ भन्ने आशा र विश्वासले चरम अपमान र विभेद सहँदै मैले पार्टीमा नीति र विधिको पक्षमा संघर्ष गर्दै आएको कुरा सर्वविदित नै छ। तर म स्वयम्ले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैप्रति पनि इमानदार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु।’

भुसालले भनेका छन्, ‘नवौँ महाधिवेशनले नेकपा एमाले र समग्र कम्युनिस्ट आन्दोलनका अनुभवलाई समेट्दै हाम्रो आन्दोलनलाई कार्यदिशा र सिद्धान्तको ऐतिहासिक उँचाइमा लग्यो। तर, दुर्भाग्यवश त्यस महाधिवेशनले आफ्नै कार्यदिशा र सिद्धान्त विपरीत चरित्रको पार्टी नेतृत्वको चयन गरेर ठूलो गल्ती ग¥यो। त्यसपछि पार्टी संस्थागत रूपले गुटबन्दीको मैदान बन्दै गयो।’
साथै उनी स्वतन्त्रबाट उम्मेदवार बन्ने तयारीमा छन् । तर रुपन्देही १ मा माओवादीले उनको लागि ठाउँ छाडिदिएको बुझिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार