सत्ता गठबन्धनको बैठक सुरु

काठमाडौँ निर्वाचन क्षेत्र बाँडफाँटका लागि सत्ता गठबन्धनको बैठक सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसिरहेको बैठकले अन्तिम प्रयास गर्ने जसपाका प्रवक्ता मनिस सुमनले बताए। ‘अब अन्तिम पटक सिट बाँडफाँटको प्रयास हुन्छ। अब हामी धेरै कुर्न सक्दैनौं,’ सुमनले भने, ‘आजको बैठक निर्णायक हुन्छ।’

गठबन्धनको सिट बाँडफाँटमा नेकपा एकीकृत समाजवादी र जसपाले असहमति जनाएका छन्। एकीकृत समाजवादीले कम्तीमा २५ सिट दाबी गरेको छ। यद्यपि उसले २० सिट भए पनि चाहिने भनिरहेको स्रोतको दाबी छ। जसपाले २२ सिट नपाए गठबन्धन छाडेर अरू दलसँग तालमेल गर्ने चेतावनी पनि दिइरहेको छ। उसले पनि १८ देखि २० सिटका लागि प्रयास गरेको स्रोतको दाबी छ।

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार