धनगढी । चैतन्य पाठशालाले डोटिका विद्यार्थीलाई न्याना कपडा वितरण गरेको छ । पाठशालाले जिल्लाको बोगटान फुड्सिल गाउँपालिका(१ सिमचौरस्थित सिमचौर माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो ।
पाठशालाले २०३२ सालमा स्थापना भएको उक्त विद्यालयमा अध्ययनरत १८६ जना विद्यार्थीलाई स्विटर वितरण गरेको हो ।
चिसोको मौसममा न्यानो कपडा पाउँदा विद्यार्थीहरु हर्षित भएका थिए । सामाजिक उत्तरदायित्व बहन गर्दै विद्यार्थीलाई न्यानो कपडा वितरण गरेकोमा सिमचौर माविका शिक्षक तथा विद्यार्थीहरुले पाठशाला परिवारलाई धन्यवाद दिएका छन् ।
न्यानो कपडा वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिप घर्तिमगर, चैतन्य पाठशाला÷चैतन्य एकेडेमीका अध्यक्ष गणेश प्रसाद जोशी, पाठशालाको विव्यस अध्यक्ष इश्वर गिरि, चैतन्य एकेडेमीका ब्रान्ड एम्बेस्डर भरत विक्रम शाह र बोगटान फुडशिल गाउपालिका वडा नम्बर १ का वडा अध्यक्ष खेम घर्तिमगरको उपस्थिति रहेको थियो ।




प्रतिक्रिया दिनुहोस्