सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी बन्यो सबैभन्दा प्रदूषित सहर

धनगढी : पछिल्लो २४ घण्टाको वायुको गुणस्तर मापनका आधारमा सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी सबैभन्दा प्रदूषित बनेको छ । बुधबार देशभरका ६ सहर वायुको गुणस्तर मापनका आधारमा अस्वस्थकरको सूचीमा परेका छन् । 

वातावरण विभागका अनुसार कैलालीको धनगढीसंगै उपत्यकाका रत्नपार्क र खुमलटार, दाङको देउखुरी, धनुषाको जनकपुर र चितवनको भरतपुरमा २४ घण्टाको औसत ‘एयर क्वालिटी इन्डेक्स’ एक्यूआई १५१ भन्दा माथि छ ।

सबैभन्दा धेरै एक्यूआई धनगढीमा १७४ छ । यस अवधिमा धनगढीको वायुमा पीएम पर्टिकुलेट म्याटर २.५ को मात्रा बढेर १०६.३२८ माइक्रोग्राम प्रतिघनमिटर पुगेको विभागको रेकर्ड छ । विश्व स्वास्थ्य संगठन डब्लूएचओले एक्यूआई १५० भन्दा माथि रहेको वायु अस्वस्थकर मानेको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार