धनगढी : कैलालीमा एक युवतीले घरको छतबाट हाम फालेकी छिन्।
जिल्लाको लम्कीचुहा नगरपालिका–६ बस्ने भगवती चौधरीको १७ वर्षीया छोरी मंगलाले सोमवार साँझ साढे ८ बजे घरको छतबाट हाम फालेकी हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराका अनुसार आमासँग विवाद भएपछि चौधरीले छतबाट हाम फालेकी हुन्।
घाइते अवस्थामा उद्दार गरिएकी मंगलाको कोहलपुुर मेडिकल कलेजमा उपचार भइरहेको डीएसपी बोहराले बताएका छन्।
प्रतिक्रिया दनुहोस्