धनगढी : कञ्चनपुरमा आफैंमाथि गोली चलाएका प्रहरी जवान चक्रप्रसाद न्यौपानेको स्वास्थ्य अवस्था स्थिर रहेको छ । शुुक्रबार साँझ करीब ६ बजेको समयमा जिल्ला प्रहरी कार्यालयको प्रबन्ध शाखामा आफैंमाथि गोली प्रहार गरेका न्यौपानेको टाउकोमा गोली लागेको छ ।
उपचारका लागि तत्कालै धनगढीको नवजीवन अस्पताल पुगाइएका न्यौपानेलाई थप उपचारका लागि कोहलपुुर मेडिकल कलेज लगिएको छ । न्यौपाने बोल्न थालेको प्रहरी स्रोतले जनाएको छ तर उनको स्वास्थ्य अवस्था भने स्थिर रहेको छ ।
अछाम स्थायी घर भएका न्यौपानेले प्रबन्ध शाखामा कोही नभएका बेला आफैंमाथि गोली चलाएको कञ्चनपुर प्रहरीले जनाएको छ । गोली चलेको आवाज सुनिएपछि प्रबन्ध शाखामा पुग्दा न्यौपाने गोली लागेको अवस्थामा ढलेका भेटिएका थिए । उनले आफैंमाथि किन गोली चलाए रु भन्ने कुरा खुलेको छैन् । घटनाबारे अनुसन्धान जारी रहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्