बैतडी : बैतडीका उच्च लेकाली भेगमा तुसारो पर्न थालेपछि जनजीवन कष्टकर बन्दै गएको छ । केही दिनयता बाक्लो तुसारो पर्न थालेपछि चिसोले घाँस दाउरा तथा दैनिक काम गर्न समस्या हुनुका साथै तरकारी बालीमा समेत असर परेको पुर्चौडीका स्थानीय ज्ञानसिँह भण्डारीले बताए ।
बैतडीको सतबाझसहित लेकाली भेगमा जाडो बढ्न थालेपछि विद्यालयहरूमा पठनपाठन गर्न समेत समस्या भएको मणिलेक मावि गुरुखोलाका प्रधानाध्यापक केशवदत्त भट्टले बताए ।
बैतडीका उच्च लेकाली क्षेत्रहरु सिगास, श्रीभावर, ढोल्यामोड,बाचपानी, खोडपे, आनरखोली, सतबाझ, मुस्याचोर, कठपते लगायतका माथिल्लो भेगमा तुसारो पर्नुका साथै चिसो अत्यधिक बढेको छ । तुसारोका कारण धारा तथा ट्याङ्कीको पानी समेत जम्न थालेको स्थानीयले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्