अब ह्वाट्सएपले नै डकुमेन्ट स्क्यान गरिदिने

काठमाडौं । इन्स्ट्यान्ट मेसेजिङ एप ह्वाट्सएप प्रयोग गरी अब सजिलै डकुमेन्ट स्क्यान गर्न सकिने भएको छ । ह्वाट्सएपको नयाँ भर्सन २४.२५.८० मा डकुमेन्ट स्क्यान गर्ने फिचर आएको हो । 

कम्पनीले पहिलो चरणमा यो फिचर आईओएस प्रयोगकर्तालाई उपलब्ध गराएको छ । यसले गर्दा अब प्रयोगकर्ताले छुट्टै एप इन्स्टल गरेर त्यसबाट डकुमेन्ट स्क्यान गरी ह्वाट्सएपमार्फत पठाइरहनु पर्दैन । ह्वाट्सएपकै क्यामेरा अप्सन प्रयोग गरी डकुमेन्ट स्क्यान गर्न सकिन्छ भने त्यसलाई चाहेको अकाउन्टमा पठाउन सकिन्छ । 

ह्वाट्सएपबारे जानकारी दिने प्लेटफर्म डब्लूए बेटा इन्फोका अनुसार यो फिचर कम्पनीले उपलब्ध गराउन थालिसकेको छ । एन्ड्रोइड प्रयोगकर्ताले पनि चाँडै नै यो सुविधा उपलब्ध हुने अनुमान गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार