पत्नी कुट्ने सुदूरपश्चिम विश्वविद्यालयका उप-प्राध्यापक पुर्पक्षका लागि कारागार चलान

धनगढी : श्रीमती कुटपिटको आरोपमा पक्राउ परेका सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पुर्पक्षका लागि कारागार चलान भएका छन्।

कञ्चनपुर जिल्ला अदालतले महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पृथ्वीराज भट्टलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो। बिहीवार न्यायाधीश राजेन्द्र सिंह भण्डारीको इजलासले भट्टलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश गरेको हो। केही समय अगाडि श्रीमती कुटपिटको आरोपमा विश्वविद्यालयको केन्द्रीय क्याम्पस महेन्द्रनगरमा कार्यरत उपप्राध्यापक भट्टलाई प्रहरीले पक्राउ गरेको थियो।

SHIKHAR COOL TECH

गोबरैयास्थित घरमै श्रीमती जयन्ती भट्टमाथि कुटपिट गरेको आरोपमा माइती पक्षले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गर्दै ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको थियो। उनी मर्निङ ग्लोरी स्कुलका सञ्चालकसमेत हुन्। घरायसी विवादका क्रममा उनले पत्नीलाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार