प्राज्ञिकद्वारा ऐश्वर्यमा सञ्चालित ३ दिने वित्तीय साक्षरता सम्बन्धी तालिम सम्पन्न

धनगढी : प्राज्ञिक विद्यार्थी परिषद्ले वित्तीय साक्षरता सम्बन्धी ३ दिने तालिम सम्पन्न गरेको छ। पुस ९ गते देखि प्राज्ञिक विद्यार्थी परिषद् ऐश्वर्य बहुमुखी क्याम्पस इकाईको आयोजनामा ऐश्वर्य बहुमुखी क्याम्पसको सभा हलमा उक्त कार्यक्रम सञ्चालन गरिएको प्राज्ञिक विद्यार्थी परिषद् सुदूरपश्चिम प्रदेशका प्रदेश सचिव प्रेम बोहराले जानकारी दिए ।

ऐश्वर्य बहुमुखी क्याम्पसमा व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीलाई वित्तीय साक्षरता सम्बन्धी पृथक ज्ञान प्रदान गर्नको लागि प्राज्ञिक विद्यार्थी परिषद्द्वारा उक्त कार्यक्रमको आयोजना गरिएको प्रदेश सचिव बोहराले बताए।

SHIKHAR COOL TECH

तीन दिनसम्म सञ्चालित वित्तीय साक्षरता सम्बन्धी तालिममा विभिन्न बैंकमा कार्यरत कर्मचारीहरूले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए। तालिममा ऐश्वर्य बहुमुखी क्याम्पसमा व्यवस्थापन संकाय प्रथम वर्षमा अध्ययनरत ६० जना भन्दा धेरै विद्यार्थीहरुको सहभागिता रहेको थियो।

आज एक कार्यक्रमका बीच सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै कार्यक्रमको समापन गरिएको हो। कार्यक्रमको समापनमा ऐश्वर्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मराज भट्ट, प्राज्ञिक विद्यार्थी परिषद्का नगर अध्यक्ष गणेश जोशी ,परिषद्का प्रदेश सचिव प्रेम बोहरा, परिषद्का प्रदेश जनजाति कार्य प्रमुख एलिसा चौधरी, मिडिया प्रमुख, प्रदेश सदस्य तथा ऐश्वर्य साहित्य प्रतिष्ठानका अध्यक्ष भरत साउद (महापागल), कैलाली जिल्ला संयोजक गौरव भट्ट, जिल्ला छात्राप्रमुख सुनिता भट्ट, जिल्ला सदस्य अशोक अधिकारी, नगर सदस्य तथा ऐश्वर्य साहित्य प्रतिष्ठानका महासचिव बाशुदेव बडु लगायतको उपस्थिति रहेको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार