खैरो हेरोइनसहित कैलालीबाट ३ जना पक्राउ

धनगढी : खैरो हेरोइनसहित कैलालीबाट ३ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–३ चटकपुर डिके आयल नजिकबाट बर्दगोरीया गाउँपालिका–२ बस्ने २६ वर्षीय राम प्रशाद चौधरी र बर्दगोरीया गाउँपालिका–५ बस्ने २५ वर्षीय हिमाल चौधरी पक्राउ परेका हुन्।

यी दुबै जनालाई ३६० मिलिग्राम खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। यस्तै धनगढी उपमहानगरपालिका–८ मुस्कान टोलबाट सोही ठाउँ बस्ने ३१ वर्षीय सुरेन्द्र भट्ट पक्राउ परेका हुन्।

Galaxy

भट्टलाई १ ग्राम ३१० मिलिग्राम खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार