कैलालीको जाल्पा देवी केबलकारको शिलान्यास पुस १३ गते हुने

धनगढी : कैलालीको चिसापानी–राजकाँडा जाल्पा देवी केबलकारको शिलान्यास पुस १३ गते हुने भएको छ । केबलकारको शिलान्यास नेपाल सरकारका परराष्ट्र मन्त्री डा. आर्जु राणा देउवाले गर्ने छन् ।

कार्यक्रममा उद्योग मन्त्री दामोदर भण्डारी, पर्यटन राज्यमन्त्री अरुण कुमार चौधरी लगायतको सहभागिता रहने आयोजकले बुधवार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । केबलकारका सञ्चालक सूर्यबहादुर थापाले केबलकार सुदूरपश्चिम प्रदेशको पर्यटन विकासको मेरुदण्ड बन्ने बताए ।

धनगढी सूचना

“हामीले हजार जनालाई प्रत्यक्ष रोजगारीमा जोड्ने योजना बनाएका छौ । बर्दिया राष्ट्रिय निकुञ्ज, कर्णालीमा मिनी पानी जहाज, रारा ताल, टिकापुरपार्क, रामारोशन जस्ता पर्यटकीय क्षेत्रहरूलाई सँगै जोडेर अघि बढ्छौ ।” उनले भने ।

भारतको उत्तर प्रदेशका जनताको आवागमनलाई जोड दिएमा मात्रै पनि सुदूरपश्चिम पर्यटनको हब बन्ने उनको दाबी छ । पुस १३ गते शिलान्यास गरि एक वर्ष भित्र केबलकार सञ्चालन गर्ने बताइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार