अत्तरिया उद्योग वाणिज्य संघ अन्योलको भुमरीमा

कैलाली : कैलालीको अत्तरियामा क्षेत्रका व्यवसायीहरूको संस्था अत्तरिया उद्योग वाणिज्य संघ अन्योलको भुमरीमा फसेको छ । गत वर्ष आयोजना गरिएको महोत्सवको विवादपछि समितिका ११ जना पदाधिकारीले राजीनामा दिएपछि अहिले समिति अन्योलको भुमरीमा फसेको हो ।

यस वर्ष पनि महोत्सव लगाउने चर्चाका बिच समितिका दुई तिहाइ सदस्यले नै राजीनामा दिएको अवस्थामा कसरी अगाडि बढ्ने भन्ने अन्योल कायम भएको छ । यस बिचमा हाल संघको अध्यक्ष रहेका कल्याण सिंह बोहरा र राजीनामा दिएका ११ जनाले छुट्टाछुट्टै छलफल थालेका छन् । दुवै पक्षले यस क्षेत्रका व्यवसायीलाई बोलाएर छलफल आयोजना गरेका भए पनि अझै कसरी अगाडि बढ्ने भन्ने बारेमा भने निष्कर्षमा पुग्न सकेका छैनन् ।

धनगढी सूचना

यसबिच मंगलबार राजीनामा दिएको पक्षले अत्तरिया क्षेत्रका व्यवसायी र सल्लाकार समितिका पदाधिकारीको भेला बोलाएको थियो । भेलाले संघमा देखिएको समस्या समाधानका लागि समन्वय समिति गठन गरेको छ । समितिमा गोकर्ण भट्ट, सुरत कार्की, हरिकृष्ण पाण्डे, धना चोखाल, धर्म कुँवर, गणेश महरा र वीर बहादुर चोखाल रहेका छन् ।

यसअघि भेलालाई सम्बोधन गर्दै सहभागीहरूले अत्तरिया उद्योग वाणिज्य संग महोत्सव केन्द्रित हुनुभन्दा पहिले समिति भित्रको समस्या समाधान तर्फ लाग्नुपर्नेमा जोड दिएका थिए । संघका सल्लाहकार नर बहादुर मौनीले उद्योग वाणिज्य संघलाई निकास दिनका लागि अब इमानदार, नैतिकवान् व्यक्ति समितिमा आउने पर्ने बताए । उनले तदर्थ समिति बनाएर वा अहिलेकै समितिलाई मिलाएर जाने विकल्पका बारेमा छलफल गरेर अगाडि बढ्नुपर्ने बताए ।

संघका सल्लाहकार हरिकृष्ण पाण्डेले अब अध्यक्षले नैतिकताको आधारमा राजीनामा दिएर विकल्प खुला गर्नुपर्ने बताए । व्यवसायी धर्मसिंह कुँवरले भने ११ जनाले सामूहिक राजीनामा दिएर पनि राम्रो नगरेको बताए । उनले ११ जनाले राजीनामा दिएर गलत विरुद्ध लड्ने व्यवसायीहरूलाई धोका दिएको गुनासो गरे ।

व्यवसायी गणेश बलायरले अध्यक्षले बहुमत गुमाइसकेपछि वैधानिकता खोज्नु गलत रहेको बताए । उनले समितिलाई व्यवसायीहरूले अस्वीकार गरिसकेको बताए । त्यस्तै संघका पूर्व अध्यक्ष कमल कडायतले पनि अहिले कुरा बाहिर आए पनि संस्थामा लामो समयदेखि बेथिति रहेको बताए ।

त्यस्तै भेलामा बोल्दै व्यवसायी धना देवी चोखालले संस्थाले व्यवसायीहरूको हितमा काम गर्न नसकेको बताइन् । उनले व्यवसायीको हकहितमा लाग्नुपर्ने संस्थाको कार्यसमिति आफैमा लडिरहेको बताइन् । त्यस्तै ईश्वरा आर्चायले अत्तरिया उद्योग वाणिज्य संघलाई यहाँसम्म ल्याउन आफूहरूले धेरै मिहिनेत गरेको बताउँदै अब यो समितिले काम गर्न नसक्ने बताइन् ।

व्यवसायी गोकर्ण भट्टले नयाँ कार्यसमिति चयन गरेर अगाडि बढ्नुपर्ने बताए । व्यवसायी राजेन्द्र खड्काले मिलेर जान सक्ने अवस्था भए मिल्नु उचित हुने बताए । व्यवसायी गणेश महराले ११ जनाले आफ्नो मर्जीले राजीनामा दिएर गलत गरेको बताए । राजीनामा दिने पक्षले बोलाएको भेलामा संघका अध्यक्ष भने उपस्थित थिएनन् ।

अत्तरियामा गत वर्ष पुस २६ गतेदेखि माघ ७ गते सम्म सञ्चालन गरिएको महोत्सव नक्कली टिकट ठेली भेटिएपछि विवाद उत्पन्न भएर अदालतमा मुद्दा नै परेको थियो । अदालतमा मिलापत्रबाट मुद्दा किनारा लागेको भए पनि अध्यक्षमाथि नैतिकताको प्रश्न उठाउँदै समितिका ११ जना पदाधिकारी र सदस्यले राजीनामा दिएका थिए ।

१५ जनाको समितिमा ११ जनाले राजीनामा दिएपछि आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने अन्योल कायम भएको छ । यसबिच अध्यक्षले महोत्सव लगाउने भन्दै छलफल अगाडि बढाएका छन् भने राजीनामा दिएको पक्षले अहिले समितिमा ४ जना मात्रै बाकी भएकाले तत्काल कुनै पनि गतिविधि गर्न सम्भव नभएको भन्दै विकल्प खोज्न माग गर्दै आएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार