धनगढी । भारतका एक भिखारी विश्वकै धनी भिखारी बनेका छन् ।
भारतको मुम्बईस्थित सडकमा मागेर बिहान बेलुका छाक टार्दै आएका एक भारतीय पुरुष भरत जैन विश्वकै धनी भिखारी बनेका हुन् ।
अन्तराष्टिर्य सञ्चारमाध्यमहरुका अनुसार जैनको सम्पत्ति १२ करोड बढी रहेको पाइएको छ । जैनले एक दिनमै मागेर २ हजार देखि २५ सय भारु संकलन गर्ने गर्छन् ।
यसका साथै जैनले सडकमै मागेर मुम्बईमा दुई करोडको दुई बेडरुम भएको फ्ल्याटसमेत भाडामा लिएका छन् । उक्त फ्ल्याटको भाडा जैनले महिनाकै ३० हजार भारु तिर्छन् ।
उनको मासिक आम्दानी ९६ हजार रुपैयाँ अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्