मर्निङवाकमा गएकी २२ वर्षीया युवतीमाथि सामूहिक बलात्कार

विराटनगर । मोरङको जहदामा मर्निङवाकमा गएकी २२ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ । मंगलबार बिहान विराटनगर महानगरपालिका नजिकैको कटहरी गाउँपालिकामा उक्त घटना भएको प्रहरीले जनाएको छ । 

युवतीलाई बाँसको झ्याङमा लगेर हातखुट्टा बाँधी मुखमा पट्टी लगाएर सामूहिक बलात्कार गरिएको पीडितको बयानलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । अर्धचेत अवस्थामा भेटिएकी उनको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ ।

धनगढी सूचना

मोरङ प्रहरी प्रवक्ता डीएसपी बेदप्रकाश जोशीका अनुसार प्रारम्भिक अनुसन्धानले युवतीमाथि सामूहिक बलात्कार भएको पुष्टि भएको छ । उनले घटनाको अनुसन्धान सुरू भएको र दोषीको पहिचान र पक्राउका लागि खोजी कार्य तीव्र पारिएको जनाएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

सम्बन्धित समाचार