डोटीमा आगो ताप्ने क्रममा एक महिला घाइते

डोटी : डोटीमा आगो ताप्ने क्रममा एक महिला घाइते भएकी छन्। जिल्लाको सायल गाउँपालिका–१ छपालीमा आगो ताप्ने क्रममा जलेर एक महिला घाइते भएकी हुन्।

सोमबार दिउँसो मोती थापाकी श्रीमती ६० वर्षीया सरुदेवी थापा आफ्नै घरमा आगो ताप्ने क्रममा घाइते भएकी हुन्। आगोको झिल्का उनले ओढेको सलमा परेर सल्किंदा कम्मरभन्दा मुनिको भाग जलेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। घटनापछि घाइते सरुदेवी थापालाई उपचारका लागि जिल्ला अस्पताल डोटीमा लगिएको छ।
 

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार