मन्दिरको दानपेटीमा खसेको आइफोन भगवानको सम्पत्ति भएको भन्दै गरिएन फिर्ता

काठमाडाैं : भक्तहरूले सामान्यतया स्वेच्छाले दान गर्छन् । तर भारतकाे तमिलनाडुको एक मन्दिरमा दान गर्ने क्रममा एक व्यक्तिले गल्तीले आफ्नो आइफोन मन्दिरको दान पेटीमा खसालेको सन्दर्भमा एउटा चकित पार्ने घटना बाहिर आएको छ । उनले आइफोन फिर्ता लिन चाहे, तर मन्दिर प्रशासनले यो अब भगवानको सम्पत्ति भएको बतायाे ।

सन् १९७५ को एउटा नियम अनुसार दान पेटीमा दिइएको दान कसैलाई पनि फिर्ता गर्न पाइँदैन । मन्दिरका अधिकारीहरूले फोनलाई दानको रूपमा लिइएको र आइफोनको मालिकले अब डाटा मात्रै प्राप्त गर्न सक्ने बताए ।

khadya

यो घटना तिरुपुरको श्री कंदस्वामी मन्दिरको हो, जहाँ दिनेश नामका व्यक्तिले दान दिने क्रममा आफ्नो आइफोन गल्तीले खसालेका थिए । यो थाहा पाएपछि, उनले मन्दिरका अधिकारीहरूलाई सम्पर्क गरे र आफ्नो आइफोन फिर्ता गर्न अनुरोध गरे । तर, आइफोन फिर्ता गरिएन ।

शनिबार राज्यमन्त्री पीके शेखरबाबुलाई  यो कुरा ध्यानाकर्षण गराएपछि उनले दानपेटीमा जे दियो त्यो भुलवश दिएपनि भगवानको सम्पत्ति हुने बताए । मन्त्रीले नियमअनुसार मन्दिर प्रशासनले भक्तजनलाई प्रसाद वा चन्दा फिर्ता गर्न नपाउने बताए । यद्यपी उनले भक्तजनलाई क्षतिपूर्ति दिने सम्भावनाबारे विभागका अधिकारीसँग छलफल गरी उपयुक्त निर्णय गर्ने बताए ।

यो घटना राज्यमा पहिलोपटक भने होइन । एक वरिष्ठ अधिकारीका अनुसार केरलाको अलाप्पुझाका भक्त एस. संगीताले सन् २०२३ को मे महिनामा पलानीस्थित प्रख्यात श्री धनदायुथापानी स्वामी मन्दिरको दानपेटीमा अनजानमा आफ्नो सुनको चेन  फ्याँकिन् ।  सीसीटीभी फुटेजबाट चेन संयोगवश खसेको पुष्टि भएपछि मन्दिर बोर्डका अध्यक्षले आफ्नो व्यक्तिगत खर्चमा सोही मूल्यको नयाँ सुनको चेन किनेर उनलाई दिएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई call24news.media@gmail.com मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार