विश्व किर्तिमानी लेखक डा.नरिराम लुहारको धनगढी विमान स्थलमा भव्य स्वागत

Call24News

धनगढी : कञ्चनपुरको भीमदत्त ९ ब्रह्मदेव स्थायी घर भएका विश्व किर्तिमानी लेखक तथा सामाजिक अभियन्ता डा. नरिराम लुहारलाई धनगढी विमान स्थलमा भव्य स्वागत गरिएको हो ।

काठमाण्डौमा जेनिथ बुक अप वल्र्ड रेकर्ड द्धारा सम्मानीत भई गृह जिल्ला फर्किएका विश्व किर्तिमानी लेखक तथा सामाजिक अभियन्ता रेभ डा. नरिराम लुहारलाई बाजागाँजा सहित धनगढी विमान स्थलमा भव्य स्वागत गरिएको हो । तिन वर्षको समयावधीमा २२ वटा किताब लेखेर विश्व किर्तिमान राखेको भन्दै डा. नरिराम लुहारलाइ काठमाण्डौमा यह पौष ७ गते जेनित बुक अफ रेर्कडले भारत नेपाल मैत्री पशुपती धरमशाला काठमाडौमा एक कार्यक्रमको आयोजना गर्दै सम्मान गरेको थियो ।

Seti Hospital

डा. लुहारलाई जेनित बुक अफ रेर्कडले ब्रिलिएन्स अवार्ड र बेस्ट राइटरको अवार्ड द्धारा सम्मानित गरेको हो । धनगडी विमानस्थलमा बाजागाजा सहित सम्मान गरिए पछी प्रतिकृया दिदै डा लुहारले समाजमा दिनानुदिन वालवालिका तथा विद्यार्थीहरु आत्महत्या गर्दै गएको हुदा समाजको लागी केहि गर्नु पर्छ र विद्यार्थीहरुलाई प्रभावकारी अध्धयनपद्धतीमा जोड्नुु पर्दछ भन्ने उद्देश्यले आफु पुस्तकलेखन तिर लागेको वताए ।

साथै उनले अहिलेका विद्यार्थीहरु पुस्तक भन्दा पनी ईन्टरनेट र प्रविधिको मात्रै प्रयोग तिर लागका हुदा पुस्तक पढ्ने वानीको विकास गराउने आफ्नो भविष्यको लक्ष्य रहेको र सोहि विषयमा आफ्नो लेखनवृत्ती अघि बढाउने समेत वताए ।

थुप्रै राष्टीय तथा अन्तराष्टीय सम्मानहरु द्धारा सम्मानीत डा लुहारले आत्मिक स्वास्थ्यका सत्यताहरु, प्रभावकारी अध्ययन पद्धती, नेपालका प्रमुख १० धर्महरुको संक्षिप्त परिचय, १६ सय प्रतिज्ञाहरु, बाइबलका अनबिज्ञ व्यक्तित्वहरु, आधुनिक ईस्रायएलको ऐतिहासिक परिचय, पुरानो करारको झलक लगायतका दर्जनौ कितावहरु लेख्नु भएको छ ।

साथै उनलाई यो भन्दा पहिला उत्कृष्ट शिक्षक पुरस्कार, राष्ट्रिय शिक्षा रत्न अवार्ड, आजिवन उपलब्धी पुरस्कार, विश्वव्यापी अन्तराष्ट्रिय उपबब्धी पुरस्कार, ख्रिष्टियन अपोलोजिष्ट पुरस्कार, सर्वोत्कृष्ट लेखक पुरस्कार, उत्कृष्ट सार्वजनिक वक्ता पुरस्कार, ग्लोबल वेस्ट प्रोफेसर पुरस्कार, गोल्डेन पिक्क अवार्ड पुरस्कार, अन्तराष्ट्रिय मानव अधिकार पुरस्कार, एसिया नोबेल लिडरसिप पुरस्कार फोर थियोलोजिकल स्टडिज, राष्ट्र गौरब पुरस्कार, र अन्तराष्ट्रिय नेल्सन मण्डेला पुरस्कारबाट सम्मानित गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार