सुदूरपश्चिममा लेखराजलाई बसाएर संयन्त्र बैठक

Call24News

धनगढी : सत्ता गठबन्धन अन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय राजनीतिक संयन्त्रको पहिलो बैठक कैलालीको धनगढीमा सम्पन्न भएको छ। नेपाली कांग्रेस र नेकपा एमाले समेटेर गठन गरिएको यस संयन्त्रको बैठकले तीनवटा महत्वपूर्ण निर्णय गरेको छ।

बैठकमा संसदीय अभ्यासलाई प्रभावकारी बनाउन यथाशीघ्र गतिविधि अगाडि बढाउने, रिक्त रहेका राजनीतिक नियुक्तिहरूमा सहमति जुटाई कार्यान्वयन गर्ने, र भूकम्प प्रभावितलाई राहत तथा पुनर्स्थापनाका कार्यक्रम अगाडि बढाउने निर्णय भएको छ।

SHIKHAR COOL TECH

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका प्रवक्ता सुरत रावतका अनुसार बाजुराको जगन्नाथ गाउँपालिका–५ गोत्री केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावितलाई विपद् व्यवस्थापन समितिमार्फत राहत तथा पुनर्स्थापनाका कार्यक्रम लागू गरिनेछ।

बैठक नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज लेखराज भट्टको अध्यक्षतामा सम्पन्न भएको थियो। नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति बीरबहादुर बलायर, नेकपा एमाले सुदूरपश्चिम अध्यक्ष कृष्णप्रसाद जैशी, कांग्रेसका उपसभापति लोकराज अवस्थी, मुख्यमन्त्री कमलबहादुर शाह, र नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्र रावल सदस्यका रूपमा सहभागी थिए। बैठकले संयन्त्रको अध्यक्षता आलोपालो प्रणालीमा गरिने सहमति समेत गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार